माओवादी पदाधिकारी बैठक भोलि दिउँसो ४ बजे बस्ने - Chaitanya News
  • 2026-07-03
  • 20:04:25
  • शुक्रबार,आषाढ १९, २०८३
  • माओवादी पदाधिकारी बैठक भोलि दिउँसो ४ बजे बस्ने

    माओवादी पदाधिकारी बैठक भोलि दिउँसो ४ बजे बस्ने

    काठमाडौँ– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ। पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक बस्न लागेको हो।

    बैठकमा पार्टीले सञ्चालन गरेको २ महिने अभियानको समीक्षा लगायत पार्टी गतिविधिका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश शाहले बताए। पार्टी बैठकले सरकारलाई आवश्यक सल्लाह सुझाव समेत दिने शाहले बताए।

    ‘पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक बोलाएको छ। पार्टीले सञ्चालन गरेको २ महिने अभियान कस्तो रह्यो? जनताबाट के कस्ता सुझावहरु आए त्यस विषयमा छलफल हुने छ’ शाहले भने, ‘अरु सरकार गर्ने काम कारवाहीका विषयमा सुझाव लिइने छ। कुन कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने छलफल हुने छ।

    बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताएको छ।