बलियो नेपाल कप यू–१९ टी–२० क्रिकेट भोलीदेखि पोखरामा - Chaitanya News
  • 2026-06-05
  • 18:13:08
  • शुक्रबार,जेठ २२, २०८३
  • बलियो नेपाल कप यू–१९ टी–२० क्रिकेट भोलीदेखि पोखरामा

    बलियो नेपाल कप यू–१९ टी–२० क्रिकेट भोलीदेखि पोखरामा

    काठमाडौं– बलियो नेपाल न्युट्रिशन इनिसियटिभको आयोजनामा भोलीदेखि पोखरामा बलियो नेपाल कप यू–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।

    मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका चैत्र २७ गतेसम्म पोखरा क्रिकेट रंगशालामा हुने आयोजकले जनाएको छ।

    प्रतियोगितमा ६ टोलीको सहभागिता रहनेछ। सहभागि टोलीहरुमा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी र पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर रहेका छन्। ६ टोलीलाई दुई समुहमा विभाजन गरि लिग कम नकाउटकाा आधारमा खेलाइने छ।

    प्रतियोगिताको तयारीका विषयमा सबै कार्यहरु अन्तिम चरणमा रहेको आयोजकले बताएको छ। बलियो नेपाल न्युट्रिशन्स इनिसियटिभले अघिल्लो वर्षदेखि नै ग्रासरुट क्रिकेटको प्रबद्र्वनका लागि बलियो नेपाल कप आयोजना गर्दै आएको छ।

    बलियो नेपालले यसअघि लुम्बिनी प्रदेशको लमहीमा पहिलो संस्करणको बलियो नेपाल कपको आयोजना गरेको थियो। सो प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागिता रहेको थियो।

    त्यस्तै दोस्रो सस्ंकरणमा पाँच प्रदेशको सहभागिता रहेको थियो। दोस्रो सस्ंकराण मुलपानी क्रिकेट मैदानमा गत असार एक देखि असार ५ सम्म भएको थियो। उक्त प्रतियोगितामा प्रदेश एक, मधेश प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र आयोजकको टोली बलियो नेपाल ११ को सहभागिता रहेको थियो।