रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने काम सरकारको अधीनमा मात्र छैन : कृषिमन्त्री भुसाल - Chaitanya News
  • 2026-07-03
  • 20:05:11
  • शुक्रबार,आषाढ १९, २०८३
  • रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने काम सरकारको अधीनमा मात्र छैन : कृषिमन्त्री भुसाल

    रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने काम सरकारको अधीनमा मात्र छैन : कृषिमन्त्री भुसाल

    काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने काम सरकारको अधीनमा मात्र नरहेको बताएका छन्। रासायनिक मलको अभाव रहे पनि कहिले आयात हुन्छ भन्न सकिने अवस्था नरहेको उनले प्रस्ट पारे।

    अरू मुलुकको यातायात व्यवस्था कत्तिको सहयोगी हुन्छ भन्ने कुराले यसको निर्धारण गर्ने भएकाले मलको आयात यति नै हुन्छ भन्न सक्ने अवस्था नरहेको मन्त्री भुसालको भनाइ थियो।

    मंगलबार राष्ट्रियसभा बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिने क्रममा उनले यो वर्षका लागि मलको आवश्यक व्यवस्था मिलाउन करिब ७५ प्रतिशत सम्झौता भइसकेको बताए। तर, त्यसलाई ल्याउने कुराको टुंगो नभएको सदनलाई जानकारी गराए।

    मन्त्री भुसालले किसानका समस्या समाधानका निम्ति सांसदहरूले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता पनि जनाए।