काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल स्विच अफ गर्न सांसदहरुलाई आग्रह गरेका छन्।
मंगलबार राष्ट्रियसभा बैठकमा उनले मोबाइल स्विच अफ गर्न सांसदहरुलाई सचेत गराएका हुन्। नेकपा (एकीकृत समाजवादी) सांसद मदनकुमारी साह गरिमाले बोलिरहेका बेला एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भनेका थिए। उनले भने, ‘माननीयज्यू मोबाइल स्विच अफ गर्नुस्।’
सदन चलिरहेका बेला सांसदहरुलाई राष्ट्रियसभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ।