नेकपा एमालेले गर्‍यो मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी - Chaitanya News
  • 2026-07-03
  • 18:34:36
  • शुक्रबार,आषाढ १९, २०८३
  • नेकपा एमालेले गर्‍यो मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी

    नेकपा एमालेले गर्‍यो मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी

    जनकपुरधाम– नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ।

    पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो ।

    एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिए।

    मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ।

    एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ।

    मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमालेका २३ सांसद छन्।