सन्दीप.लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि भोलिलाई तोकियो पेसी तोकियो - Chaitanya News
  • 2026-05-22
  • 14:29:33
  • शुक्रबार,जेठ ०८, २०८३
  • सन्दीप.लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि भोलिलाई तोकियो पेसी तोकियो

    सन्दीप.लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि भोलिलाई तोकियो पेसी तोकियो

    काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा अन्तिम सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ।

    चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो। तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए।

    त्यसपछि पुनः भोलिका लागि सुनुवाइ पेसी तोकिएको हो।

    सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दाुफास्ट ट्र्याकबाट सकाउन आदेश दिएपनि हालसम्म अन्तिम सुनुवाइसुरु भएको छैन।

    लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ। सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ। नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो।

    कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए। पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो।

    तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो।