चितवन– नेकपा एमालेका नेता गोकुल बास्कोटाले चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेको टिप्पणी गरेका छन्।
सोमबार चितवन–२ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछि उनले चिवतनमा अब नयाँ पालुवा पलाउने बताए।
भदौरे बाढीले ल्याएको लेदो आदि इत्यादी फोहोर जति बगाएर नारायणीसफा हुँदै आएको छ, सङलिदै आएको छ’, उनले भने ‘चितवनमा नयाँ पालुवा पलाएको छ।’
उनले माडीको राम रोज्ने कि कलियुगको कृष्ण रोज्ने चितवनको जनताको हातमा रहेको पनि बताए।