कोरोनाका लक्षण देखिए परीक्षण गराई आइसोलेसनमा बस्न सरकारको आग्रह - Chaitanya News
  • 2026-05-02
  • 17:55:22
  • शनिबार,बैशाख १९, २०८३
  • कोरोनाका लक्षण देखिए परीक्षण गराई आइसोलेसनमा बस्न सरकारको आग्रह

    कोरोनाका लक्षण देखिए परीक्षण गराई आइसोलेसनमा बस्न सरकारको आग्रह

    काठमाडौं– सरकारले कोभिड–१९ का लक्षण देखिना साथ परीक्षण गराई आइसोलेसनमा बस्न आग्रह गरेको छ। सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै कोभिड–१९ का लक्षण देखिना साथ परीक्षण गराई आइसोलेसनमा बस्न आग्रह गरेको हो।

    रुघा, खोकी र ज्वरो जस्ता लक्षण कोरोना सङ्क्रमणको हुने भएकाले सुरक्षित रहन मन्त्रालयको सुझाव छ। ‘‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बहान नबनाउस्।’’ मन्त्रालयले भनेको छ।

    पछिल्लो सयम कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको । २४ घण्टामा ११ सय ५१ जनाको कोरोना परीक्षण गर्दा ७६ जनामा कोरोना पुष्टि भएको छ। सोही समयमा १६ जना सङ्क्रमणमुक्त भएका छन् भने २८ हजार ७०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २२७ पुगेको छ।