काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज चैत २० गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ २० पैसा र बिक्री दर १४२ रुपैयाँ ८५ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ८० पैसा र बिक्री दर १६२ रुपैयाँ ५४ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
हेर्नूहोस् कुन देशको मुद्राको दर कति?
