काठमाडौं– प्रतिनिधिसभा नियमावली २०७९ बहुमतले पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले नियमावली बहुमतले पारित गरेको हो।
१० माघ २०७९ मा प्रतिनिधिसभाले नियमावली मस्यौदा समिति गठन गरेको थियो। उक्त समितले ६ फागुन २०७९ को बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदन पेश गरेको थियो।
प्रतिवेदनउपर सैद्धान्तिक छलफल सकिएपछि विभिन्न राजनीतिक दलका १८ जना सांसदले ६५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए। त्यसमाथि छलफल सकिएपछि प्रतिनिधिसभाको बैठकले नियमावली पारित गरेको हो।
नियमावली तुरुन्तै लागू हुने व्यवस्था छ। यो सँगै अब संसदीय विषयगत समिति गठन गर्ने बाटो खुला भएको छ। पारित नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहनेछ।