काठमाडौँ– काठमाडौँको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। सानेपाबाट कलङ्कीतिर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक भूपति पाण्डेको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए।
३४ वर्षीय पाण्डे अध्यागमन अधिकृत हुन्। उनी ब्याच नम्बर–३५ का शाखा अधिकृत हुन्। भूपति बागमती प्रदेशमा दर्ता रहेको ९८३५ नम्बरको स्कुटरमा कलङ्कीतर्फ जाँदै थिए।
ट्रक चालक अर्जुन ढुङ्गानालाई प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको छ। ४३ वर्षीय ढुङ्गाना मकवानपुरस्थित हेटौँडाका स्थानीय हुन्।