पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि - Chaitanya News
  • 2026-05-02
  • 17:55:14
  • शनिबार,बैशाख १९, २०८३
  • पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

    काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    मन्त्रालयका अनुसार ७०१ जनाको नमुना परीक्षण गरिएकोमा पिसिआर विधिबाट ३७ तथा एन्टिजेन विधिबाट १ जनामा संक्रमण पुष्टि भएको हो।

    योसँगै देशभर पिसिआर विधिबाट पुष्टि भएका सक्रिय संक्रमितको संख्या १९४ पुगेको छ।

    पछिल्लो २४ घण्टामा १८ हजार ५९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यही अवधिमा १४ जना संक्रमणमुक्त बनेका छन् ।