एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्छ : शंकर पोखरेल - Chaitanya News
  • 2026-07-03
  • 23:15:59
  • शुक्रबार,आषाढ १९, २०८३
  • एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्छ : शंकर पोखरेल

    एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्छ : शंकर पोखरेल

    काठमाडौँ— नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशीला तयार गर्न नसकिने बताएका छन्। यसका लागि एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्ने उनको तर्क थियो।

    आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले मुलुकमा राजनीतिक अस्थिरतालाई अन्त्य गर्न नेकपा एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए।

    एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित नभइकन देश निर्माणको राष्ट्रिय आकंक्षा पूरा हुन नसक्ने नेता पोखरेलको दाबी छ। महासचिव पोखरेलले नेपाली कांग्रेससहितको सत्ता गठबन्धन हुँदा मुलुकमा अवैध अर्थतन्त्र प्रोत्साहीत गर्ने, कालोबजारी, तस्करी लगायत गतिविधिलाई प्रोत्साहीत गर्दा अर्थतन्त्रको अवस्था दयनीय बनेको बताए।

    महासचिव पोखरेलले भनेका छन्, ‘पाँच दलीय गठबन्धनले मुलुकमा एउटा आर्थिक अवस्थामा जटिलता सिर्जना गर्ने काम गर्‍यो। त्यो भनेको यो मुलुकमा अवैध अर्थतन्त्र प्रोत्साहीत गर्ने, कालोबजारी, तस्करी प्रोत्साहित गर्ने क्रियाकलापका कारणले नेपालमा राष्ट्र बैंकले जारी गरेका नोटहरु अचानक बजारबाट हराए। न बैंकमा नेपाली रुपैयाँ पाइन्छ, न बजारमा नेपाली रुपैयाँ पाइन्छ। एक प्रकारले मुलुकमा मौद्रिक तरलताको संकट ल्याउने काम सरकारले गरेको छ। कांग्रेस, माओवादी नेतृत्वको सरकारले गरेको छ। त्यो प्रमाणित भइसकेको छ। त्यस्ता समस्याको समाधान गर्ने सामर्थ कसैले गर्छ भने त्यो एमालेले मात्रै गर्छ। हामीले नेकपा एमालले देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्नेछ। मुलुकमा राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशीला तयार गर्न सकिँदैन। एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित नभइकन देश निर्माणको राष्ट्रिय आकंक्षा पूरा हुन सक्दैन। मुलुकलाई अघि बढाउन नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा विकसित गर्न जरुरी छ।

    यस क्रममा महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिन नसक्दा देश बन्न नसकेको भन्दै टिप्पणी गरेका थिए।