देश बनाउने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली - Chaitanya News
  • 2026-05-22
  • 13:35:48
  • शुक्रबार,जेठ ०८, २०८३
  • देश बनाउने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली

    देश बनाउने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली

    काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने अभिभारा एमालेको काँधमा रहेको बताएका छन्। उनले आफ्नो दलले हालैको निर्वाचनमा हाँसिल गरेको सफलता अझैपनि चिक्तबुझ्दो नभएको बताए।

    लोकतान्त्रिक आदिवासी जनजातिको महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफूहरु सवल व्यापक राष्ट्रिय शक्ति निर्माणको लागि लागिपर्ने बताए। उनले पार्टीले त्यही उद्देश्यअनुसार मिसन ग्रासरुट चलाएको पनि स्पष्ट पारे।

    उनले पार्टीको तल्लोस्तर र जनतामा पुग्नको लागि यो अभियान चलाईएको जिकिर गरे। उनले चुनावमा एमालेभित्र अन्तरघात गर्नेहरु एमाले हुनै नसक्ने पनि बताए। उनले हालैको निर्वाचनमा कतिपय क्षेत्रमा अन्तरघात भएको आरोप लगाए। उनले आफूहरुले गलत प्रवृत्तिको विरोधमात्रै नगर्ने बरु बिग्रिन नदिने प्रवन्ध गरिने स्पष्ट पारे।