१. A र B ले एउटा काम क्रमश 18 दिन र 24 दिनमा गर्न सक्छन्। A र B दुबै मिली काम गरेको केही दिनमा A ले काम गर्न छोड्छ र बाँकी काम B ले 3 दिनमा पुरामा पुरा गर्छ भने A ले कति दिनसम्म B सँग मिलेर काम गरेको रहेछ?
A) 9 B) 10 C) 12 D) 15
२. एउटा सामान रु 1500 मा बेच्दा केहि नोक्सान र रु 4000 मा बेच्दा केही नाफा हुन्छ। यदि नाफाको तीन गुणा नोक्सान भए सो सामानको क्रयमूल्य कति हुन्छ?
A) Rs.3250 B) Rs. 3275 C) Rs. 3350 D) Rs. 3375
३. कुनै कोड भाषामा HAND लाई SZMW लेखिन्छ भने MILK लाई त्यस कोड भाषामा कसरी लेखिन्छ?
A) NRQP B) NKQP C) NROP D) NORP
४. प्रश्न चिन्ह भएको ठाउँमा के हुन्छ?
KMZS : HAPNM MGKTPM?
A. KGTP B. TPGH C.RPKG D. QUSY
५. तल दिइको क्रममा अगाडिबाट कुन अक्षर पचासौं (504) स्थानमा आउँछ ?
ab ab AB abc ABC abcd ABCD abcde ABCDE
A) h B) H C) B D) A
६. एउटा समुदायमा 50% गुरुङ भाषा बोल्छन्, 25% ह्योल्मो भाषा बोल्छन् र 15% ले गुरुङ र ह्योल्मो भाषा पनि बोल्छन्। कति प्रतिशतले न त गुरुङ नत ह्योल्मो भाषा बोल्छन्?
A) 20% B) 30% C) 40% D) 45%
७. ABBCCCDDDD… को 100औं अक्षर के हुन्छ?
A) N B) J C) K D) a
८. एउटा दुध पसलेले ८० लिटर दुधमा २० लिटर पानी मिसाएर मिश्रणको एक चौथाइ बेच्यो। बेचेको बराबर परिमाण मिश्रणमा पानी थपेर परिपूर्ति गर्दा पानी र दुधको नयाँ अनुपात कति हुन्छ?
A) 2:3 B) 1:2 C) 1:3 D) 3:4
९. कुनै खेलमा ६ खेलाडी सहभागि भए तिनिहरुले एक आपसमा सबैसँग खेल्नुपर्ने भयो भने जम्मा कति ओटा खेल भयो होला?
A) 10 B) 8 C) 20 D) 15
१०. कुनै व्यापारीले १० जना कामदार लगाई ३२० वटा खेलौना ५ दिनमा बनाउन निर्देशन दियो । ३ दिन पछि उसले १२० वटा मात्र खेलौना बनेको पायो । उसले कति मानिस थप्दा सो काम समयमै सकिन्छ?
A) १० जना B) २० जना C) १५ जना D) ५ जना
११. यदि सिताले आफ्नो मासिक आम्दानीको १५ प्रतिशत किनमेलमा, २० प्रतिशत घरभाडामा, ५० प्रतिशत खानामा र बाँकी शिक्षामा प्रयोग गर्छिन, यदि शिक्षामा रु. ३००० लाग्दछ भने उनले घरभाडामा कति खर्च गर्छिन्?
A) ३००० B) ४००० C) ५००० D) ८०००
१२. गणित, भौतिकशास्त्र र रसायन शास्त्रका सिटको अनुपात क्रमशः 5:7:8 छ। एक प्रस्ताव बमोजिम सो अनुपात क्रमशः 40%, 50% र ७५% को वृद्धि हुन्छ भने जम्मा बढेको सिटको सापेक्षित अनुपात कति हुन्छ?
A) 2:3:4 B) 6:7:8 C) 6:8:9 D) 7:9:11
१३. अष्ट्रेलिया महादेशको सबैभन्दा सानो देश कुन हो?
A) न्युजिल्याण्ड B) भानुआदु C) सामोआ D) नाउर
१४. कुन समुद्रको सिमानाले तीावटा महादेशलाइ छुन्छ।
A) लाल सागर B) भूमध्य सागर C) क्यास्पियन सागर D) क्यारेबियन सागर
१५. देहायका मध्ये कुन भनाई सही छ?
१. मौसम अक्षांसमा भर पर्दैन।
२. अक्षाशं फरक परे तापनि मौसम एकै प्रकारको हुन सक्छ।
३. जलवायु अक्षांशमा भर पर्छ र जलवायु विभिन्न प्रकारका मौसमको समष्टिगत रुप हो।
A) १ र २ मात्र सही B) १ र ३ मात्र सही C) सबै सही D) ३ मात्र सही
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।