समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले स्थापना गरे दुई लाखको अक्ष्यकोष - Chaitanya News
  • 2026-05-21
  • 10:35:32
  • बिहिबार,जेठ ०७, २०८३
  • समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले स्थापना गरे दुई लाखको अक्ष्यकोष

    समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले स्थापना गरे दुई लाखको अक्ष्यकोष

    काठमाडौं-  समाजसेवा, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याएकी स्वर्गीय सावित्री साहुको स्मृतिमा उनका श्रीमान‍्ले दुई लाखको अक्ष्यकोष स्थापना गरेका छन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजको मातहतमा रहने गरी स्वास्थ्यकर्मी समेत कमल सिंह साहुले दुई लाखको अक्ष्यकोषका लागि रकम प्रदान गरेका छन्।

    अमेरिकामा रहेका तीर्थराज पाण्डेयले स्वर्गीय पिता लक्ष्मीदत्त पाण्डेयको स्मृतिमा स्वर्गीय सावित्री साहुलाई मरणोपरान्त १ लाख २५ हजार राशिको पुरस्कार प्रदान गरेकोमा उनका श्रीमान‍् कमलले ७५ हजार थप्दै दुई लाखको अक्ष्यकोष स्थापना गरेका हुन्।

    साहित्य समाजद्वारा आयोजित विश्व नेपाली नारी साहित्य मोत्सवमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले साहुलाई १ लाख २५ हजारको पुरस्कार प्रदान गरेका थिए।

    साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयका अनुसार अब उक्त कोषको व्याजबाट आउने २५ हजार रुपैयाँको पुरस्कार प्रत्येक वर्ष नारी श्रष्टालाई प्रदान गरिने छ।