प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची - Chaitanya News
  • 2026-05-21
  • 10:34:39
  • बिहिबार,जेठ ०७, २०८३
  • प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं –  संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८/०७९)’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

    त्यस्तै, प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले “प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

    दलहरूबीच प्रतिनिधि सभा नियमावलीमा शनिबार सहमति जुटेकोले आइतबार सर्वसम्मतिमै नियमावली पारित हुने बताईएको छ । सभामुखको तजबिजी अधिकार कटौती पर्ने प्रस्तावबाट सत्तापक्षका सांसदहरु पछि हटेपछि नियमावलीमा सहमति जुटेको हो ।