नारा लगाउँदै बालुवाटार पुगे मिटरब्याज पीडित, वार्ता जारी - Chaitanya News
  • 2026-05-22
  • 12:25:37
  • शुक्रबार,जेठ ०८, २०८३
  • नारा लगाउँदै बालुवाटार पुगे मिटरब्याज पीडित, वार्ता जारी

    नारा लगाउँदै बालुवाटार पुगे मिटरब्याज पीडित, वार्ता जारी

    काठमाडौं-  तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका छन् ।

    शनिबार बिहानै उनीहरु आफ्ना माग पूरा गर्न नारा लगाउँदै बालुवाटार प्रवेश गरेका हुन् ।मिटरब्याज पीडित र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल अहिले बालुवाटारमा भइरहेको छ ।

    उनीहरुले केही दिन यता प्रधानमन्त्रीलाई भेट्न खोजेपनि पाएका थिएनन् । प्रधानमन्त्री दाहालले शुक्रबार साँझ नै भेट गर्ने भनेपनि प्रधानमन्त्रीको कार्य व्यस्तताले सफल भएको थिएन ।

    यसअघि पनि मिटरब्याज पीडितहरुले सरकारी टोलीसँग दुईपटक वार्ता गरिसकेका छन् । तर सहमति भएको छैन ।

    शनिबार बिहानै उनीहरुले पीडितलाई न्याय दे, मिटरब्याजीलाई कारबाही गर् जस्ता नारा लगाएर बालुवाटार पुगेका थिए ।

    अहिले प्रधानमन्त्री र मिटरब्याज पीडितबीचको वार्ता जारी छ ।

    यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने निर्णय गर्नुभएको थियो । य

    मिटरब्याज पीडितले केही दिनदेखि काठमाडौमा प्रदर्शन गर्दै आइरहेका छन् ।