छोटो कार्यकालमा नै निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरें : मन्त्री मोदी - Chaitanya News
  • 2026-07-03
  • 15:30:39
  • शुक्रबार,आषाढ १९, २०८३
  • छोटो कार्यकालमा नै निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरें : मन्त्री मोदी

    छोटो कार्यकालमा नै निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरें : मन्त्री मोदी

    काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आफूले छोटो कार्यकालमा नै संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरेको दाबी गरेका छन्।

    मन्त्री मोदीले सरोकारवाला सबै निकायसँग आफूले छलफल गरेर त्यसमा देखिएको विवाद समाधान गरेको र सहमतिका लागि अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सो विधेयक पठाइएको बताए।

    शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पााचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले विगत ७ वर्षदेखि अड्किएर रहेको सो विधेयक आफूले सरकारवालाहरुसँग छलफल गरेकै कारण सहमति जुटाएर अघि बढाउन सफल भएको बताए।

    मन्त्री मोदीले भने, ‘संघीय निजामती ऐन ल्याउने सवालमा मैले सबै सरोकारवाला निकायहरुसँग छलफल गरेँ। चाहे ट्रेड युनियनहरु होस्, संवैधानिक निकायहरुसँग, पूर्वप्रधानमन्त्रीहरुसँग होस्। सबैसँग छलफल गरेर यहाँसम्म आयौं। संघीय निजामती सेवा ऐन मैले सुरुकै दिनदेखि काम गर्दै जाँदा सबै सरोकारवालाहरुसँग छलफल गरें। अब खुला गरेको भए, सबै सार्वजनिक गरेको भए, ७ वर्षदेखि ऐन आउन नसकेको कुरा फेरि पनि बहस जान्थ्यो। बहसमा जान्थ्यो। तर बन्थ्यो कि बन्दैन्थ्यो। तर सरोकारवालाहरुसँग मैले छलफल गरें। यसअघि कुनै पनि मन्त्रीले त्यसरी सायद छलफल गरेका थिएनन् होला। मैले जसरी गरें, त्यसरी अरु कसैले गरेजस्तो लाग्दैन मलाई। मैले सरोकारवाला सबैसँग छलफल गरें। मैले त्यो बुझेर कतिपय कुरा संशोधनमार्फत्, कतिपय आफूले जानेको, बुझेको तपाईँका मागका कुराहरु त्यसमा समावेश गरिएको छ।

    साथै एक महिना काम गर्दैगर्दा सरकार ुतलमाथिु भएको भन्दै उनले निजामती सेवा ऐन सहमतिका लागि ड्राफ्ट गरेर पठाइसकेको बताएका छन्। मन्त्री मोदीले राजनीतिक आस्थाको आधारमा कुनै पनि कर्मचारीलाई विभेद नगरेको बताए।