खस्किएको अर्थतन्त्र सुधार्छु : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-07-03
  • 15:31:07
  • शुक्रबार,आषाढ १९, २०८३
  • खस्किएको अर्थतन्त्र सुधार्छु : अर्थमन्त्री महत

    खस्किएको अर्थतन्त्र सुधार्छु : अर्थमन्त्री महत

    काठमाडौं– नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यभार सम्हालेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले देशको अर्थतन्त्र संकटमा रहेको बताए। उनले अर्थमन्त्रीको हैसियतले अर्थतन्त्रमा देखिएको संकट परास्त गर्न भरपुर कोसिस गर्ने बताए।

    उनले अर्थतन्त्रलाई थप मन्दीमा जान नदिन आफू सक्दो पहल गर्ने बताए।हाम्रो अर्थतन्त्रमा यतिबेला मन्दी लागेको छ। राजस्वको परिवेश, आपूर्तिको परिवेश सन्तोषजनक छैन। अहिले राजस्वभन्दा धेरै खर्च छ। पूँजीगत खर्च गर्न सकेका छैनौं। समग्र परिस्थितिको सामना गर्दै खस्किएको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यत्न रहन्छ, उनले भने।

    उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोँच लिएर अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने बताए। उनले वित्तीय क्षेत्रमा पनि विभिन्न समस्या रहेको भन्दै राष्ट्र बैंकसँग सहकार्य गरेर वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्ने बताए।

    उनले बजेटले पूर्णता नपाएसम्म कुनै बधाइ तथा शुभकामना नलिने प्रतिबद्धता जनाए। बजेट नआएसम्म म कुनै बधाई तथा शुभकामना ग्रहण गर्दिनँ। पहिले अर्थतन्त्रलाई कसरी सकारात्मक दिशामा डोर्‍याउने, कस्तो बजेट ल्याउने विषयको टुंगो लगाएरमात्रै बधाई तथा शुभकामना ग्रहण गर्छु, उनले भने।