नुवाकोटको टाटासुमो दुर्घटना: २ जनाको मृत्‍यु, ८ जना घाइते - Chaitanya News
  • 2026-11-08
  • 16:45:46
  • आइतबार,कार्तिक २३, २०८३
  • नुवाकोटको टाटासुमो दुर्घटना: २ जनाको मृत्‍यु, ८ जना घाइते

    नुवाकोटको टाटासुमो दुर्घटना: २ जनाको मृत्‍यु, ८ जना घाइते

    काठमाडौं– नुवाकोटको दुप्तेश्वर गाउँपालिका– ४ टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ।

    ना२झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।

    उनका अनुसार मृत्‍यु हुनेमा दुप्तेश्वर गाउँपालिका–४ बस्‍ने २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङ रहेका छन्।

    यस्तै सुमो दुर्घटनामा परी ८ जना घाइते भएको र उनीहरुको खरानीटार अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताए।