मन्त्रीका लागि जसपाबाट अशोक राईको नाम सिफारिस - Chaitanya News
  • 2026-07-03
  • 14:06:07
  • शुक्रबार,आषाढ १९, २०८३
  • मन्त्रीका लागि जसपाबाट अशोक राईको नाम सिफारिस

    मन्त्रीका लागि जसपाबाट अशोक राईको नाम सिफारिस

    काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्रीलाई एक मन्त्रीको मात्र नाम दिएको छ।

    शुक्रबार अध्यक्ष उपेन्द्र यादवले अशोक राईको नाम पठाएको जसपाका प्रवक्ता पूर्ण बस्नेतले जानकारी दिए।

    सत्ता गठबन्धनमा भएको भागबन्डामा जसपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र वन तथा वातावरण मन्त्रालय गरी दुई मन्त्रालय पाएको थियो।

    तर पार्टीमा भागबन्डा मिलाउन नसकेपछि अध्यक्ष उपेन्द्र यादवले शिक्षा मन्त्रीका रूपमा राईको नाम सिफारिस गरेका हुन्।

    राजबिहीबारको पार्टी बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई दिएको थियो।