कस्तो रहला देशभरको मौसम? - Chaitanya News
  • 2026-05-21
  • 09:28:41
  • बिहिबार,जेठ ०७, २०८३
  • काठमाडौं- हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ।

    आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहने छ।

    भोलि भने देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै तराईमा पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।