क्रिकेट खेलाडी ऐरी र सार्कीलाई सम्मान - Chaitanya News
  • 2026-06-05
  • 18:13:09
  • शुक्रबार,जेठ २२, २०८३
  • क्रिकेट खेलाडी ऐरी र सार्कीलाई सम्मान

    क्रिकेट खेलाडी ऐरी र सार्कीलाई सम्मान

    महेन्द्रनगर– महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडमीले राष्ट्रिय क्रिकेट टिमका खेलाडी दिपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई सम्मान गरेको छ।

    बिहीबार विद्यालयले विश्वकप क्रिकेटको छनोट चरणमा पुर्‍याउन सफल भीमदत्त नगरपालिकामा दुई खेलाडीलाई नगद जनही २५ रुपैयाँ हजारसहित सम्मान गरेको हो।

    विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनी र व्यवस्थापन समितिका अध्यक्ष प्रेम खाती लगायतले खेलाडीलाई सम्मान गरे। प्रिन्सिपल मौनीले खेलकुदका माध्यमबाट राष्ट्रलाई महत्वपूर्ण योगदान गर्ने कञ्चनपुरका खेलाडीलाई विद्यालयले हौसला प्रदान गर्न सम्मान गरेको बताए।

    उनले विद्यालयले शैक्षिक गतिविधिसँगै खेलकुदको विकासका लागि विभिन्न प्रतियोगिता आयोजना गर्ने गरेको बताए।