अध्यक्ष ओलीले भने : मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ - Chaitanya News
  • 2026-07-03
  • 14:05:34
  • शुक्रबार,आषाढ १९, २०८३
  • अध्यक्ष ओलीले भने : मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ

    अध्यक्ष ओलीले भने : मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ

    काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
    काठमाडौंमा बिहीवार आयोजित एक साक्षात्कार कार्यक्रममा उनले सरकारले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने बताए।

    अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीले पनि सचेत हुन आवश्यक रहेको बताए। उनले ऋण पायो भन्दै जहाँतहीँबाट ऋण लिन नहुने बताए। उनले आमनागरिक बेलैमा सचेत भई मिटरब्याज कारोबारमा फस्नु नहुने बताए।

    उनले भने, ‘हामीले मिटरब्याज पीडितबारे सरकारको ध्यानाकर्षण गरेका छौँ। अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीलाई कारबाही गर्नुपर्छ, दोस्रो अप्ठ्यारो पर्‍यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरेँ थाहा नपाइकन मिटरब्याजी कारोबार गर्न मञ्जुर अरुले पनि हुनुहुँदैन। मिटरब्याजको पीडित जो भएको छ, उनीहरूले पनि सोच्नुपर्छ। मिटरब्याजमा पैसा लिएपछि दिने असुल गर्ने प्रयास त गर्ने भयो। सहमति त त्यही हुन्छ। हामी कोही पनि मिटरब्याजको कारोबारमा फस्नु भएन। मिटरब्याजमा पैसा लिनु भएन। आफैँ पनि सचेत हुनुपर्छ। यो गलत कुरा हो, कानुनविपरीत छ भन्ने कुरा सरकारले थाहा पाइसकेपछि यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्छ।’

    अध्यक्ष ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिइएको बताए। उनले अबदेखि वार्षिक क्यालेण्डरका रुपमा रहनेगरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रुपमा राखिए क्यालेण्डरबाट हटाउने बताए।