काठमाडौँ– देशभर थप ४२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।
९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको हो।
यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन्। पीसीआर विधिअनुसार देशभर १२३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा थप ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।