काठमाडौं– नेपाली कांग्रेसले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।
रवि लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज भएपछि सो क्षेत्र रिक्त हुन पुगेको हो। गत मंसिरमा भएको निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित लामिछानेको प्रतिनिनधिसभा सदस्य पद खारेज भएपछि आगामी १० वैशाखमा उपनिर्वाचन हुन लागेको हो।
बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त क्षेत्रमा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।