सेयर बजार १०८७ अंकले घट्यो - Chaitanya News
  • 2026-05-01
  • 23:02:16
  • शुक्रबार,बैशाख १८, २०८३
  • काठमाडौं– सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से १०८७ अंकले घटेर १९०८.५५ को विन्दुमा पुगेको छ।

    आज २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर ८९ करोड ९५ लाख ३२ हजार १३९ रुपैयाँमा कारोबार भएको छ।

    आज सेन्सेटिभ इन्डेक्स पनि ०.४६ प्रतिशतले घटेर ३५९.४८ कायम भएको छ।

    यसदिन १३ वटा उपसमूहमध्ये दुईवटा उपसमूहको परिसूचक बढेको छ भने ११ वटाको घटेको छ। आज होटल तथा पर्यटन समूहको समूहगत सूचक ०.५० र म्युचअल फन्ड समूहको ०.४२ प्रतिशतले बढेको छ। अन्य उपसमूहको समूहगत सूतक सर्वाधिक १.११ प्रतिशतले घटेको छ।

    आज सुपरमाई हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५७२.४० रुपैयाँ कायम भएको छ। आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सार्वधिक ६.०७ प्रतिशतले घटेको छ।