लोकसेवा उपयोगी सामग्री [६१] - Chaitanya News
  • 2026-05-21
  • 09:28:53
  • बिहिबार,जेठ ०७, २०८३
  • १. अस्ट्रेलियाको सबैभन्दा अग्लो चुचुरो कुन हो?

    A) भिन्सन म्यासिम B) मेकिन्ले C) माउन्ट कोस्युस्को D) माउन्ट एकाउन्कगुवा

    २. तलका भनाई ठिक/बेठिक के हुन्? छुट्याउनुहोस्।

    १. महेन्द्र राजमार्गले छुने दुई पहाडी जिल्लाहरू मकवानपुर र अर्घाखाँची हुन्।

    २. महेन्द्र राजमार्गले नछुने तराईको एक मात्र जिल्ला पर्सा हो।

    A) १ र २ दुवै ठिक B) १ र २ दुवै बेठिक C) १ ठिक र २ बेठिक D) २ ठिक र १ बेठिक

    ३. जडीबुटीको भण्डार भनेर कुन अञ्चललाई चिनिन्छ?

    A) राप्ती B) कर्णाली C) सेती D) महाकाली

    ४. तलका भनाई ठिक/बेठिक के हुन्? छुट्याउनुहोस्।

    १. नेपालमा सबैभन्दा बढी हिमताल भएको जिल्ला दोलखा हो।

    २. नेपालमा सबैभन्दा बढी गुम्बा भएको जिल्ला सोलुखुम्बु हो।

    A) १ र २ दुवै ठिक B) १ र २ दुवै बेठिक C) १ ठिक र २ बेठिक D) २ ठिक र २ बेठिक

    ५. नेपालमा महिला र पुरुषबीच समान कामका लागि समान ज्यालाको व्यवस्था कहिलेदेखि भएको हो?

    A) वि.सं. २०३१ B) वि.सं. २०३२ C) वि.सं. २०३३ D) वि.सं. २०३४

    ६. नेपालमा सर्वप्रथम राष्ट्रिय महिला आयोगको स्थापना कहिले भएको हो?

    A) वि.सं. २०५७ फागुन २३ B) वि.सं. २०५७ फागुन २४ C) वि.सं. २०५८ फागुन २३ D) वि.सं. २०५८ फागुन २४

    ७. पन्ध्रौं योजना अनुसार नेपालका कति प्रताशत जनसंख्यामा टेलिभिजन सेवा पुगेको छ?

    A) ५२ B) ७२ C) ६२ D) ८२

    ८. नाइट्रोजनको अभावले विरुवामा देखा पर्ने समस्या कुन हो?

    A) विरुवाको पात पहेँलो हुने B) फुल राम्ररी नफूल्ने C) फल र बिउ साना आकारको हुने D) माथिका सबै

    ९. तलका भनाई ठिक/बेठिक के हुन्? छुट्याउनुहोस्।

    १. नेपाललाई हिन्दु राष्ट्र भनी घोषणा गर्ने संविधान नेपालको संविधान, २०१५ हो।

    २. नेपालमा पहिलो पटक निजामती सेवा ऐन टंकप्रसाद आचार्यको पालामा लागु भएको हो।

    A) १ र २ दुवै ठिक B) १ र २ दुवै बेठिक C) १ ठिक र २ बेठिक D) २ ठिक र १ बेठिक

    १०. माटो तथा माटोको वातावरण सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ?

    A) Pedology B) Ecology C) Orientology D) Orology

    ११. तलका मध्ये कुन कृत्रिम रेशा हो?

    A) रेयोन B) नाइलन C) ओलिफन D) माथिका सवै

    १२. ‘Pitcher Plant’ कस्तो बिरुवा हो?

    A) परजीवि विरुवा B) माँशाहारी विरुवा C) पानी बिना खाना बनाउने र खाने विरुवा D) माथिका सबै

    १३. सार्कका वर्तमान महासचिव एसला रुवान वीराकूनले आफनो पदभार कहिले सम्हालेका हुन्?

    A) सन् २०२१ मार्च ०१ B) सन् २०२० मार्च १ C) सन् २०२१ मार्च १२ D) सन् २०२० मार्च १२

    १४. संयुक्त राष्ट्रसंघको चार्टर तयार गर्ने व्यक्ति को हुन्?

    A) एफ डि. रुज्वेलट B) आर्कीवाल्ड माक्लेइच C) थोमस जेफर्जन D) ट्रिग्बेली

    १५. नेपाल र भारतबीच सम्पन्न महाकाली सन्धी संसदबाट कहिले पारित भएको थियो?

    A) वि.सं. २०५२ असोज ४ B) वि.सं. २०५३ असोज ४ C) वि.सं. २०५४ असोज ४ D) वि.सं. २०५५ असोज ४

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal
    New Baneshwor, Shankhamool, Kathmandu
    Contact No. 01-4792427, 9851246100, 9851146100