फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक - Chaitanya News
  • 2026-07-16
  • 04:09:03
  • बुधबार,आषाढ ३१, २०८३
  • फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक

    फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक

    काठमाडौं– फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई सांगीतिक शैलीमा प्रस्तुत गरिएको छ। ड्रामा र एक्सन दृश्यले समेत भरिपूर्ण ट्रेलरमा डेब्यु अभिनेता आशिर्वाद क्षेत्री शीर्ष भूमिकामा देखिएका छन्।

    आशिर्वाद र आँचललाई रोमान्टिक जोडीको रुपमा प्रस्तुत गरिएको छ। गायिकाको रुपमा सफल हुन संघर्ष गरिरहेको पात्रको भूमिकामा उनी प्रस्तुत छन्। विकास आचार्य निर्देशित फिल्ममा कलाकारहरुको पल्टन नै छ। सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीसहित अन्य बाल कलाकारलाई पनि चित्रण गरिएको छ।

    विकास आचार्य र विष्णुमणि दाहालले निर्माण गरेको फिल्म वैशाख १ गते प्रदर्शनको तयारीमा छ।