जागिरबाट निकालिएपछि... - Chaitanya News
  • 2026-05-21
  • 08:22:47
  • बिहिबार,जेठ ०७, २०८३
  • बाजुरा- बाजुराको एक वडा कार्यालयमा सेवाबाट हटाइएपछि तालाबन्दी गरिएको छ। बाजुरा बूढीगङ्गा नगरपालिका-९ को वडा कार्यालयमा सेवाबाट हटाइएकी काली थापाले ताला लगाएकी हुन्।

    वडाले सेवाबाट हटाएपछि स्थानीयको सहयोगमा थापाले ताला लगाएकी हुन्। साबिकको बाह्रबिस गाविसले २०६६ साल भदौमा थापालाई नियुक्त गरेको थियो।

    बूढीगङ्गा नगरपालिका–९ की थापाले, लामो समय सेवा गर्दै आएको र अहिले एक्कासि जागिरबाट हटाएपछि वडा कार्यालयमा ताला लगाएको बताइन्। उनले राजनीतिक पूर्वाग्रहका कारण सेवाबाट हटाइएको बताइन् । उनले मेरो श्रीमान् अपाङ्गता भएका कारण घरको स्थिति कमजोर भएकाले कार्यालय सहयोगीका रूपमा २०६६ सालमा काम गर्दै आएकी थिइन्।