देशमा अर्बौको खाद्यान्न आयात गर्ने अवस्थामा कसरी गयौं? : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-07-03
  • 14:05:56
  • शुक्रबार,आषाढ १९, २०८३
  • देशमा अर्बौको खाद्यान्न आयात गर्ने अवस्थामा कसरी गयौं? : प्रधानमन्त्री प्रचण्ड

    देशमा अर्बौको खाद्यान्न आयात गर्ने अवस्थामा कसरी गयौं? : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले देशमा अर्बौको खाद्यान्न आयात गर्ने अवस्थामा कसरी पुगेको भन्दै प्रश्न गरेका छन्। चितवनको कृषि तथा वन विश्वविद्यालय तेस्रो दीक्षान्त समारोह कार्यक्रममा बोल्दै प्रचण्डले कुनै समय विदेशमा खाद्यान्न निर्यात गर्ने मुलुक अर्बौको आयात गर्नु दुखद भएको बताए।

    ‘हामीले ५०–६० वर्ष पहिलेसम्म हामी कहाँ यस्ता विश्वविद्यालयहरू थिएनन्। हामी कहाँ स्नातकोत्तर पढाइ हुने कलेजहरु थिएनन्। हाम्रा किसानहरुले अर्ग्यानिक खेती मार्फत खाद्यान्नमा आत्मनिर्भर मात्रै थिएन। बरु हामीले खाद्यान्न निर्यात गर्थियौं’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले हामी हजारौँ हजार स्नातक र स्नातकोत्तर भएर पनि हामी अर्बौको खाद्यान्न आयात गर्ने अवस्थामा कसरी गयौं। कहाँ छ त्रुटि? आफ्नो अर्ग्यानिक उत्पादनको एतिहासिक विरासत र अस्तित्व किन जोगाउन सकेनौं? यसमा कृषि वन अध्ययन पढेका विद्यार्थीको विशेष ध्यान जान जरुरी छ।’

    देशको उत्पादन समस्याहरु पहिल्याएर सामाजिक र आर्थिक क्षेत्रमा योगदान गर्न दीक्षित विद्यार्थीहरूलाई आग्रह गरे। सरकारले नयाँ संघीय शिक्षा ऐन ल्याएमा शिक्षाका तमाम समस्या हल भएर जाने प्रचण्डले बताए। उच्च शिक्षामा सुधार गरेर विदेशीनुबाट युवाहरुलाई रोक्नु पर्ने बताए।