घुस रकमसहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ - Chaitanya News
  • 2026-05-21
  • 08:22:59
  • बिहिबार,जेठ ०७, २०८३
  • घुस रकमसहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

    घुस रकमसहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

    काठमाडौं- रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव तथा बिचौलिया विनोद भर ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन्।

    नदीजन्य पदार्थ बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरीका आधारमा प्रकाउ उनीहरुलाई गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विज्ञप्तिमार्फत जनाएको छ।

    घुस माग गरेको उजुरीका आधारमा उनीहरूलाई घुससहित नियन्त्रणमा लिइएको आयोगको सम्पर्क कार्यालय बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले बताए।

    पक्राउ परेकालाई नियन्त्रण्मा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ। बिचौलिया विनोद भरले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित गाउँ कार्यपालिकाको कार्यालयबाट नियन्त्रणमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।