कांग्रेसका मन्त्री छान्ने जिम्मा देउवालाई - Chaitanya News
  • 2026-05-21
  • 08:23:00
  • बिहिबार,जेठ ०७, २०८३
  • कांग्रेसका मन्त्री छान्ने जिम्मा देउवालाई

    कांग्रेसका मन्त्री छान्ने जिम्मा देउवालाई

    काठमाडौं– नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा पार्टीबाट सहभागी हुने मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।

    सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार केन्न्द्रीय कार्यसम्पादन समिति बैठकले कांग्रेसबाट सहभागी हुने आठ मन्त्री छान्ने जिम्मेवारी सभापति देउवालाई दिएको हो।

    बुधबार बसेको गठबन्धन बैठकले कांग्रेसलाई आठवटा मन्त्रालय दिने निर्णय गरेको थियो। सोहीअनुसार कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवाले पाएका हुन्।