कस्तो रहला आज देशभरको मौसम? - Chaitanya News
  • 2026-07-18
  • 00:55:44
  • शुक्रबार,साउन ०१, २०८३
  • काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

    आज राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ। अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। विभागले देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।