विन्डोक– क्यानडाले आईसीसी क्रिकेट विश्वकप छनोटको प्ले अफमा अमेरिकालाई एक सय ९९ रनको लक्ष्य दिएको छ। नामिबियाको वान्डरर्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको क्यानडाले ४९।४ ओभरमा सबै विकेट गुमाएर एक सय ९८ रनको योगफल तयार गर्यो।
क्यानडाका ओपनर आरोन जोनसोनले ५२ बलमा ६ चौका र एक छक्कासहित ४७ रनको इनिङ खेले। यस्तै, हर्ष थाकेर ७३ बलमा ४३ रन तथा निकोलस किर्टोन ३५ बल खेलेर पेभेलियन फर्के।
बलिङतर्फ अमेरिकाका सौरभ नेत्राभल्कर, अली खान र निसार्ग पटेलले दुई(दुई विकेट तथा जेसी सिंह र नोस्थुस केन्जिगेले एक विकेट लिए।
प्ले अफमा क्यानडा, जर्सी, नामिबिया, पपुवा न्युगिनी, यूएई र अमेरिकाले प्रतिस्पर्धा गरिरहेका छन्। त्यसबाट शीर्ष दुई टिम जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्वकपको छनोटमा स्थान बनाउने छन्।