माओवादी, प्रधानमन्त्री स्वयंले पनि रास्वपा सँगै सरकारमा हुनुपर्छ भन्ने सद्भाव छ : सांसद परियार - Chaitanya News
  • 2026-05-21
  • 08:23:02
  • बिहिबार,जेठ ०७, २०८३
  • माओवादी, प्रधानमन्त्री स्वयंले पनि रास्वपा सँगै सरकारमा हुनुपर्छ भन्ने सद्भाव छ : सांसद परियार

    माओवादी, प्रधानमन्त्री स्वयंले पनि रास्वपा सँगै सरकारमा हुनुपर्छ भन्ने सद्भाव छ : सांसद परियार

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा नेकपा (माओवादी केन्द्र) ले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन।

    बुधवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव सत्तारूढ दलहरू कांग्रेस र माओवादी केन्द्रको रहेको बताएका हुन। सरकारमा जाने सम्बन्धमा संवाद भइरहे पनि अहिलेसम्म टुङ्गो नलागेको सांसद परियारको भनाइ छ।

    उनले भने ‘विश्वासको मत दिइसकेपछि सामान्य अर्थमा रास्वपा सरकारमा जान्छ भन्ने नै हो। विशेषगरी नेपाली कांग्रेस, माओवादी लगायत प्रधानमन्त्री स्वयंले पनि रास्वपा सँगै सरकारमा हुनुपर्छ भन्ने सद्भाव छ। तर अहिले हाम्रा लागि उपचुनाव महत्त्वपूर्ण छ। संवाद जारी छ तर टुङ्गिएको छैन। मलाई लाग्छ आज–भोलिमा टुङ्गिन्छ।’

    सांसद परियारले आफ्नो पार्टी वैशाख १० गते हुने उपचुनावमा केन्द्रित भइरहेको पनि बताए।