खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने - Chaitanya News
  • 2026-05-02
  • 03:44:50
  • शुक्रबार,बैशाख १८, २०८३
  • खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने

    खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने

    नेपालगञ्ज- बाँकेको खजुरा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्ने भएको छ ।

    केही विद्यालयमा दरबन्दीका शिक्षक नै नभएपछि गाउँपालिकाले त्यस्ता विद्यालयमा दरबन्दी भएका शिक्षक पठाउने काम थालेको हो।

    गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले तहगत दरबन्दी नभएका एक दर्जन स्कुल रहेको बताए । उनले मावि र निमाविमा दरबन्दी अभाव रहेको जानकारी दिए।

    पालिकाले प्राविका शिक्षक माविको प्रधानाध्यापक रहने परिपाटी पनि अन्त्य गर्ने जनाएको छ। खजुरामा १५ वटा मावि, निमावि चार, प्रावि मदरसासहित ४७ वटा स्कुल छन्।

    माविमा राहतसहित ६७ जना, निमाविमा ४२ र प्राविमा राहतसहित १ सय ५६ दरबन्दी रहेको छ।