काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकता विधेक संसदमा टेबल गर्न माग गरेका छन्।
आजको संसद बैठकमा उनले नेपाली नागरिक बुबा आमाबाट जन्मिएका सन्तानले नागरिकता नपाएको भन्दै विधेयक ल्याउन सरकारसँग माग गरेका हुन्।
‘नेपाली नागरिक बाआमाबाट जन्मेका कयौँ सन्ताले नागरिकता पाएका छैनन्। तपाईं, म, प्रधानान्त्री, अहिलेको राष्ट्रपति, पहिलेको राष्ट्रपतिसँग नागरिकता छ। तर नागरिक हुँदाहुँदै पनि नागरिकता नपाउँदाको पीडा पासपोर्ट लिन, बैंकमा खाता खोल्न, लोकसेवाको परीक्षा दिन, बाहिर जान पाएको छैन। तमाम अवरोध र अपमान छ,’ उनले भने, ‘सरकारलाई नागरिकतासम्बन्धी कानुन टेबल गर्न ध्यानकर्षण गराउदछु।’