दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँने सञ्चारमन्त्री शर्माको दाबी - Chaitanya News
  • 2026-05-21
  • 07:33:04
  • बिहिबार,जेठ ०७, २०८३
  • दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँने सञ्चारमन्त्री शर्माको दाबी

    दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँने सञ्चारमन्त्री शर्माको दाबी

    काठमाडौं– सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन्।

    सत्तारुढ दलहरूबीच मन्त्रालय बाँडफाँटको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले सो दाबी गरेकी हुन्। बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्रिपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै १–२ दिनभित्रै यसले पूर्णता पाउने बताएकी हुन्।

    ‘सम्माननीय प्रधानमन्त्रीज्यूले भर्खरै विश्वासको मत लिनुभएको छ। र, सरकार विस्तारको चरणमा हामी छौँ। सरकार विस्तारको गृहकार्य करिबकरिब अन्तिम अवस्थामा आएको छ। अब मलाई लाग्छ–आजभोलि १–२ दिनमै सरकार विरताले पूर्णता पाउनेछ, शर्माले भनिन्।

    सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सफल भएको उनको दाबी छ।

    ुयो सरकार गठन भएपछि जनताले सकारात्मक आशा पलाएको छ। यो सरकारले कही गर्छ भन्ने कुराको भाव दिन यो सरकारको नेतृत्व सफल भयो,ु उनले भनिन्, ुत्यो नै सबैभन्दा ठूलो कुरा हो। त्यो नै महत्त्वपूर्ण कुरा हो भन्ने मलाई लाग्दछ।’

    मन्त्री शर्माले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको उल्लेख गर्दै जनचाहनाअनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले सोसम्बन्धी विधेयक संसदमा ल्याएको र त्यसैलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताइन्।