सुदूरपश्चिम र कर्णाली भूकम्पको जोखिममा, ६ महिनामा १४ भूकम्प - Chaitanya News
  • 2026-05-21
  • 07:33:05
  • बिहिबार,जेठ ०७, २०८३
  • सुदूरपश्चिम र कर्णाली भूकम्पको जोखिममा, ६ महिनामा १४ भूकम्प

    सुदूरपश्चिम र कर्णाली भूकम्पको जोखिममा, ६ महिनामा १४ भूकम्प

    काठमाडौं- सुदूरपश्चिम र कर्णाली भूकम्पको जोखिममा, ६ महिनामा १४ भूकम्प
    देशको पश्चिमी भूभाग भूकम्पको उच्च जोखिममा रहेको देखिएको छ ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशमा पछिल्लो ६ महिनामा चार रेक्टर स्केलभन्दा माथिका १४ वटा भूकम्प गएका छन् ।

    भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार २२ कात्तिकमा खप्तडबाबाको आश्रमआसपास केन्द्रबिन्दु भई भूकम्प गएयता चार रेक्टर स्केलका देशभर २६ वटा भूकम्प गएका छन् ।

    तीमध्ये १४ वटाको केन्द्रबिन्दु सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए ।

    देशका पश्चिमी भागमा गएका १४ भूकम्पमध्ये सबैभन्दा बढी बाजुरामा पाँचपटक भूकम्प गएको छ । विभिन्न समयमा आएको भूकम्पका कारण घर तथा सार्वजनिक भवनहरू चर्किनुका साथै बस्न अयोग्य भएका छन् ।

    भूकम्प प्रभावितहरू कोही त्रिपालमा छन् भने केही जोखिम मोलेर चर्किएकै घरमा बस्न बाध्य छन् ।  १४ वटा भूकम्पमध्ये १० सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा र चार कर्णाली प्रदेशका विभिन्न भागमा रहेका छन् ।