सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि - Chaitanya News
  • 2026-05-21
  • 07:33:27
  • बिहिबार,जेठ ०७, २०८३
  • सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि

    सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि

    काठमाडौं – काठमाडौंमा बुधबारदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू हुँदैछ ।

    हरेक वर्ष चैते दशैंको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा अनुसार रथयात्रा गर्न लागिएको हो ।

    जमलबाट सुरू हुने रथयात्रा आगामी आइतबारसम्म चल्ने छ । रथयात्राका कारण आगामी आइतबारसम्म काठमाडौंका विभिन्न स्थानमा ट्राफिक आवागमन प्रभावित हुने भएको छ ।

    काठमाडौं महानगरपालिकाले सेतो मच्छिन्द्रनाथको रथयात्राको रुटको सम्बन्धमा सूचना जारी गर्दै आगागमन प्रभावित हुने जनाएको छ । जस अनुसार बुधबार तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी र असन क्षेत्रको आवागमन प्रभावित हुने छ ।

    भोलि बिहीबार असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर, शुक्रबार हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुने महानगरपालिकाले जनाएको छ ।

    यस्तै शनिबार लगन चोक र आइतबार लगनचोक जैसीदेवल, कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले सो क्षेत्रमा आगागमन प्रभावित हुने छ ।