उपाधिका लागि विभागीय टोली एपिएफ र कोशी प्रदेश भिड्ने - Chaitanya News
  • 2026-06-05
  • 18:12:31
  • शुक्रबार,जेठ २२, २०८३
  • उपाधिका लागि विभागीय टोली एपिएफ र कोशी प्रदेश भिड्ने

    उपाधिका लागि विभागीय टोली एपिएफ र कोशी प्रदेश भिड्ने

    काठमाडौँ– राजधानीमा जारी ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र कोशी प्रदेश भिड्ने भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोशी प्रदेशले मधेस प्रदेशलाई ६२ रनले र एपिएफले अन्तिम खेलमा ललितपुरलाई ३७ रनले पराजित गरेसँगै उपाधिका लागि भिड्ने टोलीको टुङ्गो लागेको हो।

    जितपछि कोशीले चार खेलबाट ६ अङ्क बनायो। कोशी दोस्रो स्थानमा अटाएर फाइनलमा पुग्न सफल भयो भने एपिएफले लिग चरणका सबै खेलमा सुखद नतिजा निकाल्यो। एपिएफले तालिकामा ८ अङ्क बनाउँदै शीर्ष स्थानमा रह्यो। एपिएफले यसअघि मधेस प्रदेशलाई १० विकेट, सुदूरपश्चिम प्रदेशलाई १५ रन तथा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो। यसैगरी यसअघि ललितपुरले सुदूरपश्चिमसँग ५१ रन, कोशीसँग सात तथा मधेससँग एक विकेटको पराजय ब्यहोरेको थियो। फाइनल खेल बिहीबार हुनेछ।