नेपालमा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि - Chaitanya News
  • 2026-05-02
  • 17:55:01
  • शनिबार,बैशाख १९, २०८३
  • नेपालमा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि

    नेपालमा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाडौँ– देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्ट भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो। यो तथ्याङ्क गत दुई दिनमा प्राप्त एकमुष्ट विवरण हो।

    यही अवधिमा थप ३ जना सङ्क्रमण मुक्त भएका छन्। त्यस्तै, २८ हजार ९१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ।