अन्तर्राष्ट्रिय ऋण र अनुदान सम्झौता डेढ खर्ब नजिक - Chaitanya News
  • 2026-06-16
  • 19:50:26
  • मंगलबार,आषाढ ०२, २०८३
  • अन्तर्राष्ट्रिय ऋण र अनुदान सम्झौता डेढ खर्ब नजिक

    अन्तर्राष्ट्रिय ऋण र अनुदान सम्झौता डेढ खर्ब नजिक

    काठमाडौं – सरकारले चालू आर्थिक वर्षको ६ महिनासम्मा विभिन्न अन्तर्राष्ट्रिय समुदायसँग करिब डेढ खर्ब रुपैयाँ ऋण र अनुदान लिने सम्झौता गरेको छ ।

    पछिल्ला वर्षहरुमा सार्वजनिक ऋणको आकार बढिरहेका बेला चालू आवको पुस मसान्तसम्ममा सरकारसले विदेशी मुलुक र संस्थाहरुसँग १ खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ ऋण तथा अनुदान सहयोग सम्झौता गरेको हो । अर्थ मन्त्रालयले पुस महिनासम्ममा विभिन्न निकायसँग बजेट सहायतासहित १७ आयोजनाका लागि यो विकास सहायता सम्झौता गरेको हो ।

    यो सहायता मध्ये १ खर्ब १४ अर्ब रुपैयाँ ऋण र २३ अर्ब १२ करोड अनुदान सम्झौता हो । कुल सम्झौता मध्ये अनुदानको अंश करिब १७ र ऋण ८३ प्रतिशत रहेको छ ।