नवनियुक्त आइजिपी कुँवरलाई दज्र्यानी चिन्ह प्रदान - Chaitanya News
  • 2026-05-21
  • 02:35:15
  • बुधबार,जेठ ०६, २०८३
  • नवनियुक्त आइजिपी कुँवरलाई दज्र्यानी चिन्ह प्रदान

    नवनियुक्त आइजिपी कुँवरलाई दज्र्यानी चिन्ह प्रदान

    काठमाडौं-  नवनियुक्त महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    आइतबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव विनोदप्रकाश सिंहले महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

    चैत १० गतेदेखि २९औँ आईजीपी धिरजप्रताप सिंहले अनिवार्य अवकाश पाएपछि नयाँ आईजीपी नियुक्त भएका हुन् ।

    कुँवरले आईजीपी नियुक्त हुनु २ दिनअघि मात्रै चैत ८ गते एआईजीपीमा बढुवा भएका थिए ।

    कुँवरसँगै एआईजीपीमा बढुवा भएका टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि महानिरीक्षकको दौडमा रहेका थिए ।