उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन - Chaitanya News
  • 2026-05-21
  • 02:35:10
  • बुधबार,जेठ ०६, २०८३
  • उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

    उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

    काठमाडौँ-  प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजसम्म दल दर्ता गर्न सकिने जनाएको छ ।

    चितवन २, तनहुँ १ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत ८ देखि १२ गतेसम्म दल दर्ताको समय निर्धारण गरेको थियो ।

    उपनिर्वाचन भाग लिन चाहने राजनीतिक दलहरूले आज (आइतबार) अपराह्न (कार्यालय समय)सम्म दल दर्ता गर्न सक्नेछन् । तनहुँ–१ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित जसपा सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुने तय भएको हो ।

    चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसद पद गुमाएपछि उपनिर्वाचन हुने तय भइसकेको थियो ।