चार प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना - Chaitanya News
  • 2026-07-17
  • 20:45:31
  • शुक्रबार,साउन ०१, २०८३
  • चार प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    चार प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौँ – नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

    आज (आइतबार) दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
    सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।