गठबन्धनबिनै उपनिर्वाचन लड्ने रास्वपाको तयारी - Chaitanya News
  • 2026-05-21
  • 02:35:09
  • बुधबार,जेठ ०६, २०८३
  • गठबन्धनबिनै उपनिर्वाचन लड्ने रास्वपाको तयारी

    गठबन्धनबिनै उपनिर्वाचन लड्ने रास्वपाको तयारी

    काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनमा गठबन्धनबिनै लड्ने निर्णय गरेको छ।

    पार्टी केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा गठबन्धन नगरी तीन वटै क्षेत्रमा चुनाव लड्ने निर्णय गरेको महामन्त्री डा. मुकुल ढकालले बताए। चितवन २ बाट रास्वपा सभापति लामिछानेले उम्मेदवारी दिने निश्चित भएको छ।

    तनहुँ १, चितवन २ र बारा २ मा १० वैशाखमा उपनिर्वाचन हुँदै छ। उम्मेदवार छनोटका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय भएको रास्वपा महामन्त्री ढकालको भनाइ छ।

    रास्वपाले चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटी र बारामा केन्द्रीय सदस्य गणेश कार्कीको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ।