सुदूरपश्चिमका तीनवटा क्याम्पसमा अखिल विजयी - Chaitanya News
  • 2026-07-07
  • 14:20:30
  • मंगलबार,आषाढ २३, २०८३
  • सुदूरपश्चिमका तीनवटा क्याम्पसमा अखिल विजयी

    सुदूरपश्चिमका तीनवटा क्याम्पसमा अखिल विजयी

    काठमाडौँ- नेकपा एमाले निकट अनेरास्ववियूले तीनवटा क्याम्पसमा जीत हासिल गरेको छ ।

    बुधवार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका तीनवटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिलले जीत हासिल गरेको हो ।

    अखिलका अध्यक्ष समिक बडालका अनुसार जयपृथ्बी बहुमुखी क्याम्पसमा रुपक धामी, दार्चुला बहुमुखी क्याम्पसमा कृष्ण धामी र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा माधव खत्री सभापतिमा निर्वाचित भएका हुन् ।